संविधान संशोधन विधेयक राष्ट्रपतिबाट पनि आजै प्रमाणिकरण गरिने

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको संविधान संसोधन दोश्रो विधेयक आजै राष्ट्रपतिबाट पनि प्रमाणिकरण हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको नेपालको सम्पूर्ण भूभाग समेटिएको नेपालको नयाँ नक्सा प्रमाणिकरण गर्न लागिएको हो ।

उक्त विधेयक आज राष्ट्रियसभाबाट दुई तिहाई बहुमतले पारित भएको छ । यसअघि प्रतिनिधिसभाबाट गत जेठ ३१ गते संविधानको धारा ९ को उपधारा २ अन्तर्गत अनुसूची ३ मा रहेको निशान छापभित्र रहेको नेपालको नयाँ नक्सा राख्ने प्रस्ताव पारित भएको थियो ।

राष्ट्रियसभाबाट विधेयक पारित भएसँगै यसबारेको जानकारी प्रतिनिधिसभामा पठाइएको छ । प्रतिनिधिसभामा राष्ट्रियसभाबाट विधेयक पारित भएको जानकारी गराइने र सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणिकरण गर्नेछन् । त्यसपछि आजै राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारीले विधेयक प्रमाणित गर्नेछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *