पहुँचवालाको मात्र हालिमुहाली हुन थाल्यो: प्रदेश सांसद संग्रौला

बिराटनगर । प्रदेश सांसद लोकप्रसाद संग्रौलाले पहुँचका भरमा मात्र काम बन्ने प्रवृत्ति बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । प्रदेश सभाको बिहिबार बसेको बैठकमा बोल्दै सांसद संग्रौलाले पहुँचका आधारमा सेटिङ मिलाएर काम गर्ने प्रवृत्ति बढ्दा बिनापहुँचका व्यक्तिहरु पीडित बन्नुपर्ने अवस्था सृजना भएको बताएका हुन् ।

‘प्रदेशमा पनि अहिले सेटिङ मिलाएका भरमा मात्र काम बन्ने प्रवृति बढेको छ ।’ कृषकको उदाहरण दिदै सांसद संग्रौलाले भने–‘जसको पहुँच छ, सेटिङ मिलाउँन सक्छ, उसले पैसा लान्छ । पहुँच नहुँने वास्तविक किसान बाख्रा पालन गरेपनि, बंगुर पालन गरेपनि सेटिङ मिलाउँँन नसक्दा अनुदानबाट बञ्चित बन्ने स्थिती छ ।’ पहुँचवाला बनावटी किसानबाट सजग भई वास्तविक किसानलाई प्रदेश सरकारले राहत र प्रोत्साहनको व्यवस्था मिलाउँन उनले माग गरे ।

जताततै कमिसन र भ्रष्ट्राचार मौलाउँँदा मुलुकको अर्थतन्त्र ओरालो लागेको सांसद संग्रौलाले बताए । भ्रष्टाचारबिरुद्ध शून्यसहनसिलताको नारा कितावमा मात्र नभएर व्यवहारिक रुपमा पनि लागु गरेर प्रदेश सरकार अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *