चतराको होल्डिङ सेन्टर आइपुगे प्रदेश एकका १ सय ४ नेपाली
मकालु खबर
२०७७ असार ५ गते
विराटनगर । तेस्रो मुलुकका विभिन्न देशबाट आएका एक नम्बर प्रदेशका १ सय ४जना नेपाली नागरीकहरु सुनसरी जिल्लाको चतरास्थित नेपाली सेनाको सुरक्षामा रहेको होल्डिङ सेन्टरमा आईपुगेका छन् ।
बुधबार काठमाडौं आईपुगेका १ सय ४ जना नेपाली नागरिकहरु बिहिबार चतराको रामानन्दाचार्य सेवापीठमा श्री पूर्वी पृतना हेडक्वाटरद्धारा तयार गरिएको प्रदेश स्तरीय होल्डिङ सेन्टरमा आईपुगेका हुन् ।
उनीहरुलाई केहि समय होल्डिङ सेन्टरमा नै राखेर स्थानिय नियकायहरुसँग समन्वय गरी आ–आफ्नो जिल्ला पठाईने पूर्वी पृतना सूचना तथा सम्पर्क शाखाले जानकारी दिएको छ ।
पूर्वी पृतना सूचना तथा जनसम्पर्क शाखाका अनुसार एक नम्बर प्रदेश अन्तरगत विभिन्न जिल्लाका ५४ जना, सिंगापुरबाट २० जना थाईल्याण्डबाट २१ जना र बंगलादेशबाट १० जना गरी १ सय ४ जना आएका हुन् ।
मकालु खबर
२०७७ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित