चीनसँगको युद्दमा गोर्खा रेजिमेन्टको प्रयोग नगर्न भारतलाई विप्लवको आग्रह

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले चीनसँगको युद्धमा गोर्खा रेजिमेन्टलाई प्रयोग नगर्न भारतसँग आग्रह गरेको छ ।

यतिबेला भारत र चीनबिच सिमा विवादका कारण झडप हुँदा भारतीय सेना मारिएपछि तनाव चुलिएकाे अवस्थामा  नेकपा महासचिव विप्लवले शनिबार एक विज्ञप्ति प्रकाशित गर्दै भारतले सीमामा गोर्खा रेजिमेन्टलाई पठाउने तयारी गरिरहेको भन्दै यस्तो नगर्न आग्रह गरेका हुन् ।

विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतलाई गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्दमा प्रयोग नगर्न आग्रह गर्दछ, त्यसैगरी नेपाली युवाहरुलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिल गर्दछ ।’

महासचिव विप्लवले गाेर्खा रेजिमेन्ट अंग्रेज साम्राज्यवादकालीन एवम् नेपाली सामन्ती राणाकालीन सम्झाैताकाे निरन्तरता भएकाे भन्दै पैसा र चाकडीका लागि युवाहरूलाई अर्काकाे देशका लागि लड्न पठाउने चलन २१ औँ शताब्दीमा कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवम् लज्जास्पद विषय भएकाे बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *