भारत र चीनको सीमा समस्या सुल्झाउन नेपालले दियो यस्तो सुझाव
मकालु खबर
२०७७ असार ६ गते
काठमाडौँ । नेपालले दुई छिमेकी मुलुक भारत र चीनबीच पछिल्लो समयमा देखिएको सीमा समस्यालाई शान्तिपूर्ण रुपमा सुल्झाउन सुझाव दिएको छ ।
शनिबार अपरान्ह परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लद्दाखको गलवान उपत्यका क्षेत्रमा उब्जिएको समस्यालाई समाधान गर्नमा नेपालका दुई मित्रवत छिमेकीहरु सक्षम रहने विश्वास व्यक्त गरेको छ ।
‘असल छिमेकीपनाको भावनासहित आपसी नमिलेका कुराहरुलाई दुई पक्षीय, क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वको शान्तिपूर्ण माध्यमबाट उब्जिएको समस्या हल हुनेमा नेपाल विश्वस्त छ,’ विज्ञप्तिमा उल्लेख छ ।
मकालु खबर
२०७७ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित