डडेल्धुरामा आइसोलेसनबाटै भागे ३२ कोरोना सङ्क्रमित

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–१२ को शिद्धनाथ आधारभूत विद्यालयमा बनाइएको आइसोलेसनबाट ३२ जना कोरोना सङ्क्रमित भागेका छन् ।

परशुराम नगरपालिकाको वडा नं ५ मा रहेको क्वारेन्टिनमा रहेका उनीहरूमा शुक्रवार कोरोना परीक्षण पोजेटिभको रिपोर्ट आएपछि आइसोलेसनमा राख्ने भनेर शिद्धनाथ आधारभूत विद्यालयमा लगिएको थियो ।

आफूहरूलाई दिनभरि भोकै राखेको र अन्य कोरोना पोजेटिभ गाउँमा नै बसेकोले आफूहरू भागेको उनीहरूमध्येकै एक कोरोना सङ्क्रमितले नाम नबताउने सर्तमा बताएका छन् ।

वडा नं ५ कि कोरोना पोजेटिभ महिलाले आइसोलेसनमा जान आनाकानी गरेपछि उनलाई घरमै राखेको विरोधमा आफूहरू पनि आइसोलेसनबाट निस्केको उनको भनाई छ । आफूहरू सुरक्षामा रहेका प्रहरीहरूकै अगाडिबाट भागेर गएको ती ३२ वर्षीय सङ्क्रमितले बताए ।

इलाका प्रहरी कार्यालय परशुरामका इन्चार्ज इन्स्पेक्टर जनकबहादुर मल्लले भागेकाहरूलाई सुरक्षित आइसोलेसनमा फर्काउने काम भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *