खण्डग्रास सूर्यग्रहण: कुन राशिलाई शुभ, कुनलाई अशुभ ?

काठमाडौं । असार ७ गते आइतबार सुर्य ग्रहण लाग्दैछ । शनिबार राति १० बजेर ३० मिनेट देखि बालक,वृद्ध,रोगी तथा अशक्त बाहेकले अरुले भोजन नगर्नु भनेर भनिएको छ ।

खण्डग्रास सुर्यग्रहण भनेर यस्को नामाकरण गरेको छ । १० :५० मा सुरु,१२:३८ मा मध्य र २:२३ मा समापन हुनेछ । समय ३ घण्टा ३३ मिनेट रहेको छ । यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ । खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यस्लाई विशेष रुपमा हेरिएको छ ।

बीचको ३ घण्टा ३१ मिनेटमा बिशेष सावधानी पुर्याउनु पर्दछ । मृगशिरा र आरार्ध्या नक्षत्रमा हुने र मिथुन राशीमा हुने हुनाले यस्ले १२ राशिमा फरक फरक असर पार्नेछ ।

वृष, मिथुन, कर्कट, तुला, वृश्चिक, धनु, कुम्भ र मीन राशीमा नकरात्मक प्रभाव पर्दै हेर्न मिल्दैन । भने मेष, सिंह, कन्या र मकर राशिले ग्रहण हेर्दा विशेष फाईदा हुनेछ ।

मेष राशिले ग्रहण हेर्दा लक्ष्मी प्राप्त हुनेछ भने सिंह राशिलाई लाभ मिल्ने छ । त्यस्तै कन्या तथा मकर राशिहरुको लागि सुख प्राप्त हुनेछ ।-ज्यो. सुरेश चन्द्र रिजाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *