‘७ वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्ताव ल्याएर जनस्तरको सम्बन्ध टुटाउने काम गर्न हुँदैन’

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोले ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव ल्याएर जनस्तरको सम्बन्ध टुटाउन नहुने बताएका छन् ।

आज राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा छलफलका क्रममा उनले यस्तो बताएका हुन् । बैठकमा उनले भने, ‘वैवाहिक सम्बन्धले राष्ट्रियतामा कहाँ असर परेको छ ? के का लागि जनता र उनीहरुको सम्बन्धलाई दण्डित गर्न खोजिएको हो ? जनस्तरको सम्बन्ध टुटाउने काम गर्न हुँदैन ।’

शनिबार बिहान बसेको नेकपा सचिवालयको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो । सोही विषयमा समितिमा आज भएको छलफलमा उक्त निर्णय तथा प्रस्ताव संविधानको मर्म विपरीत भएको उनले बताए ।

अंगीकृत नागरिकका सन्दर्भमा जे बन्देज लगाउनु थियो, संविधानमा लगाइसकेको स्पष्ट पार्दै नेता महतोले अहिले फेरि ७ वर्षको प्रस्ताव किन ? भन्ने प्रश्न समेत गरे । ‘हामीले कहाँ प्रहार गर्न खोजेको हो ? जनताको भावनामा ठेस पुग्ने कानुन बनाएर के सन्देश दिन खोजिएको हो ?’, उनले भने । यो व्यवस्थाले महिलाको स्वाभिमानमाथि आक्रमण गरेको उनकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *