गण्डकी प्रदेश: भारतबाट फर्किएका थप २० जनामा देखियो कोरोना

काठमाडौं । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्याङजामा १२ र नवलपरासी (पूर्व)मा ८ जना गरी २० जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमित सबै भारतबाट फर्किएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा बसेकाहरु हुन् । २० जना थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

हेर्नुहोस् पूरा विवरण :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *