विदेशिएका युवाहरुको बारेमा सरकार गम्भीर बन्नुपर्छः नायिका थापा

काठमाडौं । अभिनेत्री एवं सामाजिक अभियन्ता रेखा थापाले रोजगारीका लागि विदेशिएका नेपाली युवाहरुको बारेमा सरकारलाई गम्भीर हुन सुझाव दिएकी छिन् । आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत् अभिनेत्री थापाले हालैमात्र ६ महिनादेखि विदेशमा रहेका २४ जना नेपाली युवाहरुको शव स्वदेश ल्याइएको विषयमा यस्तो सुझाव दिएकी हुन् ।

विदेशी भूमिमा गएर देशको लागि रेमिट्यान्स पठाउने युवाहरु लास बनेर आएको दर्दनाक दृश्यले आफूलाई मर्माहत बनाएको बताउँदै उनले लेखेकी छिन्, ‘बेरोजगारिको पिडा, परिवारको दायित्व, मनमा सपना र रहर बोकेर बिदेशको श्रम बजारमा धकेलिन बाध्य सयौं युवाहरु लास बनेर बाकसमा फर्केको हेर्न नसकिने भयो। ति परिवारका सदस्यलाई कस्तो होला ? ति आमा दिदीबहिनिलाई कस्तो बेदना र शोक होला ?’

अभिनेत्री थापाले अगाडि लेखेकी छन, ‘वार्षिक ९ खर्ब रेमिट्यान्स पठाउने ति सबै हाम्रा युवाको सुरक्षाबारे केही गर्न सकिन्न् ? देशमा उद्योग रोजगारी र अवसर भए किन पराई भूमिमा यसरी जोखिम लिनु पथ्र्यो होला ? केही त सोच सरकार । के हिजोदेखि आज र भोली पनि यिनै युवाको कमाइ खाएर यस्तै गरी बाकसमा लास पर्खिरहने हो रु कहिले हुन्छ यो दुः खको अन्त्य ?’

विदेशमा रहेका नेपालीहरुको पीडा र बेदनाका विषयमा निरन्तर आवाज उठाउँदै आएकी अभिनेत्री थापाले स्वदेशमा रोजगार सिर्जना गर्न र युवाहरुको व्यवस्थापन गर्न सरकारले विश्वस्त कार्यक्रम ल्याउनु पर्ने बताउँदै आएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *