संसदीय समितिबाट दीपक मनाङेले दिए राजीनामा

पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् । उनले सभापति दीपक कोइरालालाई राजीनामा बुझाएका हुन् ।

आफू योजना हेर्न जाँदा सम्बन्धित विभागको डीजीले ९० प्रतिशत कमिसन मागेपछि राजीनामा दिएको उनको भनाइ छ । विना पावरको नामको मात्र समिति भएको र कुनै पनि अधिकार प्राप्त नभएकाले औचित्यहीन समितिमा बस्‍न आफैंलाई लाज लागेर राजीनामा दिएको उनले बताए ।

उनी २०७५ फागुन २८ गते समितिका सदस्य नियुक्त भएका थिए । समितिको सदस्य भएर विभिन्न ठाउँमा अनुगमनका लागि जाँदा अनियमितता देखे पनि केही गर्न नसकिएको उनले बताए । अधिकार र पारदर्शीता नभएकाे समितिमा रहनुको औचित्य नरहेको उनकाे भनाइ छ ।

‘त्यहाँ बसेर काम गर्नसक्ने वातावरण छैन । जनताले काम गर्न नसकेपछि पैसा खायो भन्छन् । अनियमितता भएको देखेपनि कारवाही गर्ने अधिकार छैन । त्यसैले बसिनँ’, उनलले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *