नेकपा धरान उपमहानगर कमिटिद्वारा जनसुदृढिकरण अभियान सञ्चालन

सुनसरी । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान उपमहानगरपालिका कमिटीले कोरोना माहामारीपछिको गतिविधिलाई सुचारु गरी जनजीवनलाई सहज बनाउन आफ्ना गतिविधिहरु द्रुत रुपमा अगाडी बढाएको छ ।

पार्टीको गत असार २ गतेको उपमहानगर कमिटीको बैठक र असार ५ गतेकाे नगर सचिवालयको बैठकको निर्णय अनुसार जनजीवन सहज बनाउने काम सुरु गरेको हो । पार्टीले धरानका २० वटै वडामा पालैपालाे बैठक बस्ने र सोही बैठकले जनसंगठन सुदृढिकरण र जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्नका लागि पार्टी कमिटीको बैठक राखी अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।

आज र भोलि मंगलबार बस्ने बैठकमा पार्टीले आगामी बर्षको धरानको गुरुयोजना तथा अन्य विकास निर्माणका योजनाहरुलाई समेत अध्ययन गरी कार्यान्यवनमा ल्याउने नेकपाका धरान नगर सचिव सुर्दशन श्रेष्ठले जानकारी दिए ।

पार्टीले बैठकमा कोभिड १९ निम्त्याएको धरानको आर्थिक विकासमा स्थानीय सरकारबाट प्रत्येक्ष राहत प्रदान भएको अनुभुती गर्ने गरी राहत प्याकेज घोषणा गर्न अभियान सञ्चालन गर्ने लगायतका विषयवस्तुहरु समेट्ने पनि बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *