एनआईसी एशिया लघुवित्तले अषाढ मसान्तसम्म व्याज छुट गर्ने

काठमाडौँ । एनआइसी एशिया लघुवित्तीय संस्थाले कर्जा सुविधा लिएका ऋणीहरूले अषाढ मसान्त सम्म साँवा र व्याजको बक्यौता रकम चुक्ता भुक्तान गरेमा ब्याजदरमा छुट गर्ने भएको छ । कोरोना भाइरस महामारीबाट वित्तीय संस्थाका ऋणीहरूलाई परेको प्रभावलाई ध्यान दिँदै उत्तरदायी बैङ्किङ अभ्यासलाई थप मजबुत पार्दै बाचौँ र बचाऔँ भन्ने अभियानमा केन्द्रित भई आफ्नै प्रयासबाट आषाढ महिनाका लागि समेत कर्जाको ब्याजमा छुट हुने अत्यन्त आकर्षक योजना ल्याएको उक्त संस्थाले जानकारी दिएको छ ।

वित्तीय संस्थाले ल्याएको यस योजना मुताबिक नेपाल राष्ट्र बैङ्कले निर्दिष्ट गरेको ३ प्रतिशत ब्याज छुटको अलावा यस बैङ्कबाट कर्जा सुविधा लिएका सम्पूर्ण ऋणीहरूले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी न्यून १ प्रतिशत र अधिक ६ प्रतिशत छुट गरिने सुविधा प्रदान गरिने छ । यस सुविधा पश्चात् अधिक ब्याजदरको छुट प्राप्त गर्ने ऋणीको ब्याजदर १२ प्रतिशत कायम हुनेछ । साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाइ गर्दा लाग्ने पेनाल चार्ज/ब्याज र जरिवाना रकममा समेत शतप्रतिशत मिनाहाको व्यवस्था वित्तीय संस्थाले गरेको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै वित्तीय संस्थाबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेछ ।

‘एनआइसी एशिया लघुवित्तीय संस्थाको ४४,४३,२०० कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्नका लागि आह्वान पत्र सार्वजनिक भएको छ ‘

‘साथीसँगै, सबल बन्दै’ भन्ने ब्रान्ड प्रमिसका साथ जनसमुदायमा केन्द्रित लघुवित्त बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको संस्थाले नेपाल राष्ट्र बैङ्कद्वारा मिति २०७७ वैशाख १६ गते कोभिड १९ बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दर ३ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो त्रयमासिको ब्याज गणना गर्न जारी गरिएको निर्देशनको तत्काल पूर्ण कार्यान्वयन गर्दै सो को अलावा ऋणीहरूले जेष्ठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम जेष्ठ मसान्तभित्र पूर्ण रूपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहक समक्ष ल्याएको र उक्त योजना अत्यन्त लोकप्रिय भएको संस्थाले बताएको छ ।

यस्तो योजनाले ग्राहकको वित्तीय भार कम हुन भई यस कठिन परिस्थितिको कारण सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने वित्तीय संस्थाको विश्वास छ । ग्राहकलाई यस्तो सुविधा दिनु आफ्नो कर्तव्य रहेको संस्थाको भनाइ छ । अर्थतन्त्रको सबलीकरणमा टेवा पु¥याउने मनसायले नियमनकारी निकायबाट जारी निर्देशनलाई अक्षरशः पालना गर्दै सो को अलावा थप सहुलियत प्रदान गर्दै ग्राहकको सर्वोपरि हितलाई सम्बोधन गर्नु संस्थाले प्राथमिकताको रूपमा लिएको छ । यस प्रकारको योजनाबाट सम्पूर्ण ऋणीहरूलाई लाभ लिन वित्तीय संस्थाले अनुरोध गरेको छ ।

साथै, यस संस्थाले ४४,४३,२०० कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्नका लागि आह्वान पत्र सार्वजनिक गरिसकेको पनि जानकारी दिएको छ । साधारण शेयरको विक्री खुल्ला तथा निष्कासन असार १० देखि १४ गतेसम्म हुनेछ । ढिलोमा २४ गते निष्कासन बन्द हुने जनाइएको छ । साथै शेयर खरिद गर्नका लागि नेपाल धितो पत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट दरखास्त फारम प्राप्त गर्न र बुझाउन सकिने छ । संस्थाले हाल खोलिएको शाखाहरू सहित ३३ जिल्लाहरूमा १०५ शाखा कार्यालयहरूबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

हालसम्म संस्थाले डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरूमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्मा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *