अङ्गीकृत नागरिकता सम्बन्धी ७ वर्षे प्रावधानविरुद्ध जनकपुरमा विरोध

जनकपुरधाम । अङ्गीकृत नागरिकतासम्बन्धी ७ वर्षे प्रावधानविरुद्ध जनकपुरमा विरोध भएको छ ।  नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने विषय राखेको विरोध गर्दै सोमबार साँझ प्रधानमन्त्रीको पुत्ला जलाइएको छ ।

जनता समाजवादी पार्टी निकट महिला तथा युवाले उक्त प्रावधानको विरोध जनाउँदै प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । पुत्ला जलाउनुअघि जनता समाजवादी पार्टीका महिलाहरूले भानु चोकस्थित सडकमै जाम गरेर प्रधानमन्त्रीविरुद्ध नाराबाजी पनि गरेका थिए ।

७ वर्ष नेपालमा स्थायी बसोबासपछि मात्रै विदेशबाट विवाह गरी नेपालमा आउने महिलालाई नागरिकता दिइने प्रस्ताव आइतबारको संसदीय समितिको बैठकले बहुमतले पारित गरेपछि जनकपुरमा यसको विरोध भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बेठकले सात वर्षपछि अङ्गीकृत नागरिकता दिने निर्णय गरेको थियो । त्यसलाई आइतबार समितिबाट पारित गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *