घरेलु मैदानमा म्यानचेस्टर सिटीको फराकिलो जित

काठमाडौँ । इङलिश प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले फराकिलो जित निकालेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा सिटीले वर्नलीलाई ५-० गोल अन्तरले हराएको हो ।

सिटीको जितमा फिल फोडेन र रियाद महरेजले २-२ गोल गरेका थिए भने डेभिड सिल्भाले एक गोल गरेका थिए । यस खेलमा सिटीका बेर्नार्डो सिल्भाले दुई गोल असिस्ट गरेका थिए । सिटीको जितसंगै शीर्ष स्थानको लिभरपुलले उपाधिका लागि थप केही समय प्रतिक्षा गर्नुपर्ने भएको छ ।जितपछि सिटीको प्रिमियर लिगमा ३० खेलमा ६३ अंक भएको छ भने शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा २० अंकले पछाडी रहेको छ । त्यस्तै बर्नलीको भने ३० खेलमा ३९ अंक छ र लिगको ११औ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *