उच्च अदालतको प्रश्न- निजी अस्पताल र ल्याबलाई कोरोनाविरुद्ध किन नखटाएको ?

नयाँ दिल्ली । भारतको दिल्ली उच्च अदालतले कोरोनाविरुद्ध लड्न निजी अस्पताल तथा प्रयोगशालाहरुलाई किन अनुमति नदिएको भनी प्रश्न गरेको छ ।

उनीहरुलाई परिचालन नगर्दा तीव्र रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने सरकारको लक्ष्यमा असफलता हात लाग्न सक्नेतर्फ अदालतले ध्यानाकर्षण गराएको छ । दिल्ली प्रदेश सरकारका नाममा सोमबार आदेश जारी गर्दै अदालतले केन्द्रीय राजधानी समेत पर्ने दिल्ली प्रदेशमा निजी अस्पताल तथा प्रयोगशालाहरुलाई कोरोना भाइरससम्बन्धी स्वास्थ्य सेवाका लागि अनुमति दिनुपर्ने आशय व्यक्त गरेको छ ।

न्यायाधीशद्वय हिमा कोहली र एस प्रसादको इजलासले निजी अस्पताल तथा प्रयोगशालाहरुलाई परिचालन नगरेकाले कोरोनाको परीक्षण र नियन्त्रणका लागि प्रदेश सरकारले आधा लक्ष्य पनि हासिल गर्न नसकेको ठहर गरेको छ । अधिवक्ता राकेश मलहोत्राले दिएको अपिलमाथि सुनुवाई गर्दै दुई न्यायाधीशले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निजी अस्पताल तथा प्रयोगशालाहरुलाई परिचालन नगर्नुको कारण प्रदेश सरकारसँग माग गरेका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *