ग्लोकल अफ्टर स्कुलले अनलाइन सिकाईका लागि ‘भर्चुअल’ सम्मेलन गर्ने

काठमाडौं । ग्लोकल अफ्टर स्कुलले अनलाइन सिकाईका लागि भर्चुअल सम्मेलन गर्ने भएको छ । आउँदो असार १४ र १५ गते दुई दिनसम्म चल्ने सम्मेलनमा प्रमुख अतिथी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेल रहनेछन् ।

इलर्निङ सिकाई सम्मेलनले यस क्षेत्रका अग्रणी विद्वान, शिक्षाविद् र अनुसन्धानकर्ताहरूलाई एकसाथ ल्याएर अलाइन शिक्षण र शिक्षाको भविष्यमा र शिक्षाको सिद्धान्तमा बिकास गर्न एक साझा मन्च प्रदान गर्नेछ । ग्लोकल अफ्टर स्कूल, ग्लोकल प्राइवेट लिमिटेडको एक अभिन्न अङग हो र यसले बिगतका वर्षहरु वाट बिभिन्न सिप सिकाई तथा शिक्षाका कार्यक्रमहरु अफलाइन तथा अनलाई संचालन गर्दै आएको छ ।ग्लोकल आफ्टर स्कूल (ग्लोकल प्रा.लिको इकाई) ले बिभिन्न विषयहरूमा अनलाइन पाठ्यक्रमहरू सुरू गरेको हो । अन्लाईन पाठ्यक्रमहरू बिभिन्न क्षेत्रका विज्ञहरूले आधारभूत शिक्षा तथा सीप प्रदान गरी अहिलेको समयको उचित सदुपयोगका लागि बनाइएको हो । अनलाईन शिक्षा पोर्टल, भविस्यमा पनि सुचारु गर्ने लक्ष्य लिएर ग्लोकल टीम अघी बढेको छ ।

सम्मेलन को मुख्य लक्ष्य अनलाईन लर्निङका सम्भावनाहरुलाई सम्बोधन गर्नु रहेको छ । सम्मेलनले दुबै प्राविधिक साथै अनलाइन लर्निंगको गैरप्राविधिक पक्षहरूलाई आयोजकले जनाएको छ । सम्मेलनमा अदामस युनिभर्सिटी, खान एकेडेमी, १०मिनट स्कुल, फ्युज क्लासरूम, ग्लोकल आफ्टर स्कुल, टिच फोर नेपाल, काठमाडौं विश्वबिद्यालय, किङ्स कलेज, कारखाना एवम सिटिइभिटीबाट समेत मन्तवय तथा विषलेशनहरु रहने जनाइएको छ ।

पूरा विवरण हेर्नुहोस् :-

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977010665″ /]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *