राष्ट्रिय सभाको कार्यसूचीबाट किन हटाइयो अख्तियारसम्बन्धी विधेयक ?

काठमाडौं । राष्ट्रिय सभाको आजको कार्यसूचीमा राखिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाउनेसम्बन्धी विधेयक सूचीबाट हटाइएको छ ।

उक्त विधेयक राष्ट्रिय सभाबाट मंगलबार पारित गर्ने कार्यसूची रहेको थियो । तर राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कार्यसूचीबाट उक्त विषय हटाएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले थप छलफल गर्न दुई दिनको समय माग गरेका कारण विधेयक रोकिएको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले जानकारी दिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनसम्बन्धी विधेयकले अख्तियारलाई निजी क्षेत्रको भ्रष्टाचारको समेत छानबिन र मुद्दा दायर गर्नेसम्मको अधिकार प्रदान गर्नेभएपछि निजी क्षेत्र तथा व्यवसायीहरूले भने यसकाे विराेध जनाएका छन् ।

राजस्व विभाग, कर विभाग र सम्पत्ति शुद्धीकरण जस्ता विभाग रहेकै बेला अख्तियारको क्षेत्राधिकारमा निजी क्षेत्रलाई आकर्षित गर्न खोजिनु उचित नभएकाे उनीहरूकाे भनाइ छ । संशोधनले सार्वजनिक संस्थाको परिभाषामा बैंक, शैक्षिक संस्था, बीमा, मेडिकल कलेजलाई समेटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *