जम्मु-कस्मिरको गोलाबारीमा परी गुल्मीका युवकको मृत्यु

काठमाडौं । भारतको जम्मु–कस्मिरमा भएको गोलाबारीमा परी एक नेपालीको मृत्यु भएको छ ।

त्यस क्षेत्रमा भएको गोलाबारीमा भारतीय सेनाका हवल्दारका रुपमा कार्यरत ३८ वर्षीय दीपक कार्कीको मृत्यु भएको हो । उनी गुल्मीको छत्रकोट गाउँपालिका वडा–५ खर्ज्याङका हुन् । उनी १८ वर्ष अघि भारतीय सेनामा भर्ती भएका थिए । उनी हाल रूपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राम बस्दै आएका थिए ।

उनी सोमबार बिहान जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमै थिए । त्यतिबेलै पाकिस्तानतिरबाट गोलाबारी भएको थियो । गोलाबारीमा घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको हो । उनी ३/५ गोरखा राइफल्समा कार्यरत रहेकाे बताइएकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *