मिनेन्द्र रिजालको प्रश्नः प्रधानमन्त्रीका लागि ५ करोडको गाडी किन्ने खबर साँचो हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले प्रधानमन्त्रीका लागि ५ करोडको गाडी किन्न लागिएको उल्लेख गर्दै यसको जवाफ मागेका छन् ।

मंगलबार प्रतिनिधिसभा संसद बैठकमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको महामारीका बीच सरकारले प्रधानमन्त्रीका लागि गाडी खरिद प्रक्रिया अगाडि समाचार आफूले पढेको भन्दै यो खबर साँचो भए/नभएको जवाफ मागेका हुन् ।

बैठकमा उनले भने, ‘प्रधानमन्त्रीका लागि सुरक्षा सर्भिलेन्ससहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढेको भनिएको छ । गाडी खरिद प्रक्रिया फागुनदेखि रोकिएको थियो । तर असार ३ देखि नेपाल प्रहरीले गाडी खरिद प्रक्रिया अगाडि बढाएको खबर एक राष्ट्रिय दैनिकमा आएको छ, गृहमन्त्रीजी के यो साँचो हो ?’

कोरोना रोकथाममा बेसार थेरापीको अलौकिक सफलताको उद्घोष पत्याएर बजेट खर्च गर्ने ठाउँ नपाइएला भन्ने डरले उल्फाको धनझैं फलुज खर्च गर्न सरकारी तयारी हो ? भन्दै उनले प्रश्न समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *