उपत्यका प्रवेश गर्नेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृहको नर्देशन
मकालु खबर
२०७७ असार ९ गते
काठमाडौँ । उपत्यका प्रवेश गर्नेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ । आज उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई उक्त निर्देशनसहित परिपत्र गरेको हो ।
पछिल्लो समय घरधनीले पीसीआर विधिबाट कोरोना सङ्क्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् ।
पीसीआर टेष्टका लागि आउनेहरू बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरूलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको छ ।
उक्त पत्राचारपछि गृहले काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूलाई स्वास्थ्यको पत्रअनुसार कारबाही गर्न निर्देशन दिएको हो ।
मकालु खबर
२०७७ असार ९ गते
प्रतिक्रिया
सम्बन्धित