जब मृत्युको १० महिनापछि बाबुको यस्तो इमेल आयो…

फिलिपिन्सको मनिलामा एक महिलाले आफ्नो पिताको मृत्युको १० महिनापछि एक इमेल भेटिन् । यो कुनै सामान्य इमेल थिएन, यसमा बाबु–आमाको २५ औं वैवाहिक वर्षगाँठ मनाउने योजना समावेश थियो ।

मनिलाकी एलिसा मेन्डोजाका बाबुको १० महिनाअघि मृत्यु भएको थियो । जब उनले मृतक बाबुको एक इमेल फेला पारिन्, तब भावूक भइन् । यसमा २५ औं वैवाहिक वर्षगाठँको खुसी कसरी मनाउने भनेर विस्तृतमा लेखिएको थियो ।

एलिसाका बाबुले वैवाहिक वर्षगाँठको केही दिनअघि मात्रै छोरीसमक्ष पत्र पुग्नेगरी इमेलको सेटिङ गरेका थिए । अनि, यहाँ लेखिएको योजना पढेपछि आफ्ना बाबुलाई सम्झिएर एलिसाले आँशु थाम्न सकिनन् ।

एलिसाका अनुसार उनका पिताले हरेक वर्ष पत्नीको जन्मदिन १९ अगस्ट, भ्यालेन्टाइन डे र वैवाहिक वर्षगाँठ १० जुनका अवसरमा फूल पठाउने व्यवस्था व्यवस्था मिलाएका रहेछन् । उनले एक फूल बिक्रेतालाई केही वर्षसम्मका लागि एडभान्स पेमेन्ट दिइसकेका रहेछन्, ताकि आफ्नो मृत्युपछि पनि श्रीमतीसमक्ष मनपर्ने फूलहरुको गुच्छा पुगोस् ।

त्यस्तै, एलिसाकी आमाको रोजाईको रेस्टुरेन्टमा २५ औं वैवाहिक वर्षगाँठका लागि उनले टेबुल पनि बुक गरिसकेका रहेछन् । उनले एलिसाकी आमालाई एक चिट्ठी पनि लेखेका रहेछन्, जसमा उनले आफ्नो प्रेम बयान गरेका छन् ।

आफ्ना बाबुको उक्त मेहनतलाई एलिसाले खेर जान दिइनन् । उनले वैवाहिक वर्षगाँठका दिन अर्थात् १० जूनमा आफ्नी आमालाई पिताको निर्देशन बमोजिम उनको मनपर्ने रेस्टुरेन्टमा लगिन् । उनले ती सबै काम गरिन्, जसको योजना बाबुले बनाएका थिए । अहिले उनकाे यो पोस्ट फेसबुकमा भाइरल भइरहेको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *