१८ महिने बालकसहित २७ जना कोरोना जितेर डिस्चार्ज

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आज २७ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १८ महिने बालकदेखि ६० वर्षीय वृद्ध गरी २७ जना रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोले जानकारी दिएका छन् ।

झापा का ४जना, मोरङका १८ जना, सुनसरीका ५ जना गरी २६ जना पुरुष र १ महिला निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । यो सँगै  हालसम्म प्रतिष्ठानबाट कोरोना जितेर डिस्चार्ज हुनेको सङ्ख्या १५५ पुगेको छ ।

यस्तै आज प्रतिष्ठानमा ६ जना नयाँ कोरोना सङ्क्रमित भर्ना भएका छन् । अब प्रतिष्ठानमा ४४ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *