गण्डकी प्रदेशमा बिहानै ३२ संक्रमित थपिए, संक्रमित संख्या ७ सय नाघ्यो
मकालु खबर
२०७७ असार १० गते
काठमाडौं । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल, चितवन र प्रदेश क्षयरोग केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ३२ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।
नयाँ संक्रमितमा लमजुङका ५ जना, पर्बतका एक जना, स्याङजाका ७ जना, कास्कीका ५ जना, गोरखाका एक जना, बाग्लुङका ९ जना, तनहुँका एक जना, नवलपरासी पूर्वका ३ जना रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
हेर्नुहोस् पूरा विवरण :-
मकालु खबर
२०७७ असार १० गते
प्रतिक्रिया
सम्बन्धित