यदि चीन भारतको ‘पीडा’ हो भने ‘औषधि’ पनि !
काठमाडौं । अहिले चीन र भारतबिच सीमा विवाद चर्किरहेको अवस्था छ । दुवै देशका प्रतिनिधिहरु वार्तामा बस्नुको सट्टामा मुख मोडीरहेका छन् । यी दुई देशको सम्बन्ध चिसिए विश्वबजार नै अप्ठेरोमा पर्न सक्ने आँकलन भइरहेको छ ।
यी २ देशबिच मनमुटाव बढ्दै गएकाे अवस्थामा भारत सरकारले आयात गर्ने ३०० यस्ता सामानहरुको सूची तयार गरेको छ, जसमा महशुल बढाउने तयारी गरेको बीबीसीले जनाएकाे छ । चीनको नाम त लिइएको छैन तर यो मानिएको छ कि चिनियाँ आयातमा कम निर्भर हुनका लागि यो कदम उठाउन लागिएको हो ।
उता कन्फेडरेशन अफ अल इण्डिया ट्रेडर्स (सीएआईटी) ले बहिष्कार गरिने ५०० भन्दा बढी चिनियाँ उत्पादनको सूची जारी गरेको छ । व्यापारी संघले भनेको छ कि उसको उद्देश्य डिसेम्बर २०२१ सम्म चिनियाँ सामानको आयात १३ अर्ब डलर अर्थात १ लाख करोड रुपैयाँमा झार्नु हो । पछिल्लो हप्ता चिनियाँ हेडसेट निर्माता ओप्पोले भारतमा चिनिया उत्पादनको बहिष्कारको आह्वानका बिच देशमा आफ्नो प्रमुख ५जी स्मार्ट फोन लन्चिङ रद्द गरेको थियो ।
यद्यपी आपसी सम्बन्ध झन् बिग्रदै गएमा यी दुवै देशलाई पनि घाटा हुनेछ । भारत कयौँ वस्तुमा चीनसँग निर्भर छ । धेरैजसो औषधी पनि चीनबाटै आयात गरिरहेको छ । औषधीको क्षेत्रमा अझै बढी योगदान छ चीनको । सम्बन्ध पनि राम्रो थियो दुई छिमेकीबिच । तर पछिल्लो कयौँ हप्तादेखि लद्दाख क्षेत्रमा दुई देशको सीमामा जारी तनाव बढ्दै गएको छ । त्यहाँ २० भारतीय सैनिक मारिएपछि भारत चिन्तित छ ।
चीन मौन छ तर भारतमा घटनाको निन्दा हुनेबित्तिकै चीनबाट आयात हुने वस्तु बहिस्कार गर्ने अभियान नै चलेको छ । यद्यपी केन्द्र सरकारले भने यसबारे कुनै निर्णय गरेको छैन । भारतका रेल तथा टेलिकम मन्त्रालयले भविष्यमा हुने केही आयातमा रोक लगाउने इशारा भने गरेको छ ।
पछिल्लो दुई दशकमा भारत र चीनबिचको व्यापार ३० घुणा बढेको छ । २००१ मा कुल व्यापार तीन अरब डलरको थियो भने २०१९ को आशपासमा ९० अरब डलर छुँदै गरेको अवस्था रहेकाे बीबीसीले उल्लेख गरेकाे छ । उक्त व्यापारमा जुन वस्तुको मात्रा तीव्र आयातमा छ त्यसमध्ये औषधी पनि सामेल छ ।
पछिल्लो एक दशकको समय २८ प्रतिशत बढी आयात भएको थियो । भारतीय वाणिज्य मन्त्रालयको तथ्यांक अनुसार २०१९–२० को समयमा भारतले चीनबाट १ हजार १५० करोड रुपैयाँको फार्मा प्रोडक्सन आयात गरेको छ । जबकी यस समय चीनबाट भारत आउने कुल आयात करिब १५ हजार करोड रुपैयाँ थियो ।
जेनेरिक औषधि बनाउने र त्यसको निर्यातमा पनि भारत अब्बल छ । २०१९ मा भारतले २०१ देशमा जेनेरिक औषधी बेचेर अरबौँको आम्दानी गरेको थियो । तर आज पनि भारत उक्त औषधी बनाउनका लागि चीनसँग निर्भर छ । औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारतले चीनबाटै आयात गर्छ ।
भारतमा औषधी बनाउनका लागि आयात हुने कच्चा पदार्थ ७० प्रतिशतसम्म चीनबाट आयात हुने औषधी उद्योगबारे जानकारहरु बताउँछन् । चीनको निर्यात रणनीतिमाथि ‘कम्पिटिटीभ स्टडीः लेसन्स फ्रम चाइना’ नामक किताबका लेखक तथा गुजारती फर्मा एसोशिएसनका अध्यक्ष डाक्टर जयमन वासाको बुझाइ अनुसार चीनबाट आयात नगरे औषधी उत्पादनका लागि भारतलाई अप्ठेरो पर्छ ।
उनले भने, ‘भारत सरकार जबसम्म धेरैभन्दा धेरै फर्मा पार्क या क्षेत्र बनाउँदैन तबसम्म चीनको बराबरी गर्नु मुश्किल छ । किनकी उनीहरुको अनुसन्धान निकै ठोस छ । उनीहरुको बराबरीमा पुग्न हामीलाई अझै कयौँ वर्ष लाग्छ ।’
अन्तर्राष्ट्रिय फार्मा एलायन्सका सल्लाहकार बेलापुर भन्छन्– ‘यदी भारतको औषधीय क्षेत्रमा चीनबाट आयात कम गर्नु छ भने स्पेन, इटाली, स्वीटजरल्याण्ड तथा दक्षिण अमेरिकी देशबाट आयात गर्नुपर्ने हुन्छ । यी देशबाट आयात गर्दा महंगो पर्न जान्छ ।’