हलिउड निर्माता स्टीव बिंगले गरे आत्महत्या

काठमाडौं । हलिउड निर्माता स्टीव बिंगले आत्महत्या गरेका छन् । उनले २७ तल्लामाथिबाट हामफालेर आत्महत्या गरेको नवभारत टाइम्सले जनाएको छ ।

अमेरिकाको लस एन्जलस स्थित सेन्चुरी सिटीको लक्जरियस अपार्टमेन्टमा बसिरहेका ५५ वर्षिय स्टीवले सोमबार दिँउसो सोही ठाउँबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

कोरोना भाइरसको उपचारार्थ आइसोलेशनमा बसिरहेका कारण उनमा निराशा छाएको थियो । स्टीवले आफ्नो हजुरबुबाको ६०० मिलियन डलरको बिजनेस विरासतमा पाएका थिए । सो व्यापार पाएपछि उनी सिनेमा निर्मातासँगै व्यापारी पनि बनेका थिए । स्टीवले ‘गेट कार्टर’, ‘एवरी ब्रेथ’, ‘द पोलर एक्सप्रेस’ लगायतका चलचित्र निर्माण गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *