भारतमा बढ्दो कोरोना कहरः एकै दिन ४५६ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप ४५६ जना कोरोना भाइरस (कोभिड १९) संक्रमितको मृत्यु भएको छ । त्यहाँ हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ हजार ४७६ पुगेको छ ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार त्यहाँ पछिल्लो २६ घण्टामा झण्डै १६ हजार नयाँ सङ्क्रमित भेटिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ हजार ९६८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

योसँगै भारतमा कुल सङ्क्रमितको संख्या चार लाख ५६ हजार १८३ पुगेको छ । एक लाख ८३ हजार २२ जना संक्रमित उपचाररत छन् भने दुई लाख ५८ हजार ६८५ जना संक्रमणमुक्त भएको एएनआईले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *