नेविसंघका विद्यार्थीले जलाए त्रिवि उपकुलपतिको कुर्सी
मकालु खबर
२०७७ असार १० गते
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को एक टोलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएको छ ।
नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले बुधबार दिउँसो उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएको हो । नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी समेत गरेको छ ।
त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकमात्र नियुक्त गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको थियो । कुर्सी जलाएपछि विद्यार्थीले नेविसंघको नाममा हस्ताक्षर गरेर ताला लगाएको ढोकामा सूचना जारी गरेका छन् ।
मकालु खबर
२०७७ असार १० गते
प्रतिक्रिया
सम्बन्धित