नेकपा स्थायी कमिटी बैठकमा आज ओली–प्रचण्डको सम्बोधन, १२ गते अर्काे बैठक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सत्तारुढ नेकपाको स्थायी कमिटिको आजको बैठक सम्पन्न भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बोलेपछि आजका लागि बैठक सकिएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ अनुुसार अब अर्को बैठक असार १२ गते बस्नेछ ।

बैठकमा अध्यक्षद्वयको मन्तव्यपछि सरकारको अन्य काम कारवाहीका सम्बन्धमा पनि बहस हुने बताइएकाे थियाे । त्यसैगरी पार्टी एकताका बाँकी कामहरु र एमसीसीबारे पनि छलफल हुने बताइएको थियाे । तर यसबारे आज कुनै छलफल भएन ।

नेकपाले एमसीसी पारित गर्ने/नगर्ने विषयमा निर्णय लिन सकेको छैन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एमसीसी परियोजना पारित गरेर जानुपर्ने अडानमा छन् भने सचिवालयमा बहुमत सदस्य एमसीसी सम्झौताका केही बुँदा संशोधन गरेर पारित गर्नुपर्ने पक्षमा छन् ।

विद्युत प्रसारण लाइन र सडक सुधारका लागि अमेरिकाले दिने ५० करोड अमेरिकी डलर बराबरको अनुदानसम्बन्धी सो सम्झौता संसदबाट अनुमोदन गर्ने–नगर्ने बारे नेकपामा विवाद गहिरो बनेपछि अन्योलता बढेको हो ।

अहिले देश एमसीसीका बारेमा पुरै विभाजित देखिएको छ । मिडियादेखि सामाजिक सञ्जालसम्म एमसीसीकै बहस भइरहेको छ । धेरै युवा समुह, राजनीतिक दलहरुले एमसीसिको विरुद्धमा दिनहुँजसो आन्दोलन समेत गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *