कालिका नगरपालिकाको बजेट १ अर्व बढी

चितवन । पहाड र समथर भुगाेल मिलेर वनेको चितवनको कालिका नगरपालिकाले आगामी वर्षका लागि १ अर्व भन्दा बढी बजेट ल्याएको छ । बुधवार आयोजित सातौँ नगर सभाले आगामी आर्थिक वर्षका लागि १ अर्व ४ करोड ९२ लाख बराबरको बजेट पारित गरेको हो ।

चालु तर्फ ३४ करोड ७५ लाख ९० हजार अर्थात् ३३.१२ प्रतिशत तथा पुँजीगत तर्फ ७० करोड १६ लाख ३९ हजार रुपैयाँ अर्थात् ६६.८८ प्रतिशत रहेको नगर प्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए ।

कुल बजेट मध्येबाट आर्थिक विकासका लागि ६ करोड ९१ लाख, पूर्वाधार विकास तर्फ ५७ करोड ६ लाख, सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रका लागि १ करोड ३४ लाख, सामाजिक विकासका लागि ३० करोड २३ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक कार्यका लागि ९ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

नगर सभाले असार ५ गते प्रस्तुत नीति तथा कार्यक्रम दफावार छलफल पछि पारित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *