अख्तियारसम्बन्धी विधेयक अघि नबढाउन नेकपा सहमत

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धीको विधेयक तत्काल अगाडि नबढाउन सहमत भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले उक्त सहमति जनाएको हो ।

अख्तियारले निजी क्षेत्रको भ्रष्टाचार पनि छानबिन गर्न पाउने गरी आएको विधेयकको सबैले आलोचना गर्न थालेपछि तत्कालका लागि उक्त विषय अघि नबढाउने नेकपा स्थायी समिति बेठकले निर्णय गरेको हो ।

सरकारले संसदमा अख्तियार ऐन संशोधन अगाडि बढाउँदा निजी क्षेत्रलाई अनुसन्धान गर्न दिने गरी विधेयक संसदमा दर्ता गराएको थियो। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सोही व्यवस्थालाई पारित गरेको थियो।

विधेयक पारित भएर कानुन बने अख्तियार दुरूपयोग अनुसन्धान आयोगले, बैंक, शैक्षिक संस्था र मेडिकल कलेजमाथि भ्रष्टाचार मुद्दा अगाडि बढाउन सक्नेछ। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले थप छलफलका लागि समय माग गरेपछि मंगलबार उक्त विधेयक राष्ट्रिय सभाको कार्यसूचीबाट हटाइएको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *