काठमाडौंमा जग्गा किन्ने सोचमा हुनुहुन्छ ? यस्तो छ नयाँ मुल्य

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र पर्ने जग्गाको नयाँ मूल्य तोकेको छ । महानगरले आगामी आर्थिक वर्षको बजेट तथा विनियोजन विधेयक २०७७ सार्वजनिक गर्दै सम्पत्ति कर प्रयोजनका लागि प्रतिआनाका दरले जग्गाको नयाँ मूल्य तोकेको हो ।

महानगरको प्रस्तावित आर्थिक ऐनमा काठमाडौं महानगर क्षेत्रभित्र जग्गाको प्रतिआना न्यूनतम ४ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्म तोकिएको छ ।

केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपार्टी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गाहरू, हनुमानढोका, जिल्ला प्रहरी कार्यालयपूर्व सूरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पुर्व विश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटोसँग जोडिएका, महेन्द्रसालिकदेखि काठमाडौं प्लाजासम्म मूलसडकसंग जोडिएका दायाँबायाँका जग्गाको मूल्य प्रतिआना ५० लाख छ।

यस्तो मूल्य जग्गा रहेको ठाउँ र जग्गाले छोएको बाटोको चौडाईका आधारमा तय गरिएको हो ।

कुन ठाउँको जग्गाको मूल्य कति ? हेरौँ विस्तृतमाः

[wp-embedder-pack width=”100%” height=”600px” download=”all” download-text=”” attachment_id=”99977011165″ /]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *