पत्नीको हत्या गरे अनि आफैँलाई गोली चलाए, उता भाइले पनि गरे आत्महत्या !

काठमाडौं । भारतको उत्तर प्रदेशमा अलिगढ जिल्लामा घरेलु विवादमा एक व्यक्तिले पत्नीको हत्या गरेका छन् । पत्नीको हत्यापछि उनले आफूलाई पनि गोली हानी आत्महत्या गरेका छन् ।

केही समयपछि उनको सानो भाइले समेत आत्महत्या गरे । जब प्रहरी पुग्यो दुवै दाजुभाईको मृत्यु भइसकेको थियो । महिलाको भने सास चलिरहेको थियो । अस्पताल लैजाँदै गर्दा उनको पनि बाटैमा मृत्यु भयो ।

घटना बन्न देवी थाना क्षेत्रको हो । बरौला निवासी बाबूला वर्माका तीन छोरा छन् । उनको ठुलो छोरा परिवारसँग अलग्गै बस्दै आएका छन् । श्रीमतीकाे हत्या गरी आत्महत्या गरेका मृतक शैलेन्द्र भने आमा बुवासँग बस्दै आएका थिए । उनी आफ्नो मेडिकल चलाइरहेका थिए ।

शैलेन्द्रले छिमेकी पिंकी वर्मासँग करिब डेढ वर्षअघि प्रेम विवाह गरेका थिए । घर अक्सर यही कुरामा विवाद भइरहन्थ्यो ।घटना भएको दिन पनि विवाद भइरहेको थियो । केही समयपछि ती व्यक्तिले फेसबुकमा लाइभ आएर आफू आत्महत्या गर्न लागेको बताएका थिए । उनले भनेका थिए– ‘म आत्महत्या गर्दैछु । आफ्नो खुशीले मर्न लागेको हुँ । म परिवारसँग चिन्तित भएको छु । अब म बाँच्न सक्दिन । मसँग कुनै जवाफ छैन ।’

लगतै उनले आफ्नी श्रीमतीमाथि गोली चलाए । र आफैँलाई पनि गोली हानेर आत्महत्या गरे । त्यसपछि घरमा तेस्रो गोली चल्यो, जो शैलेन्द्रको सानो भाइलाई लागेको थियो । विशाल र शैलेन्द्रले घटनालगतै ज्यान गुमाए । तर उनको सानो भाइले किन आत्महत्या गरे ? यसको जवाफ मिलिसकेको छैन ।

श्रीमतीको भने अस्पताल लैजाँदै गर्दा मृत्यु भयो । प्रहरीले शव पोस्मार्टमका लागि पठाएको छ । घटनाबारे थप असुन्धान भइरहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *