सांसद पाण्डेको क्षेत्रमा ८ सय घर खरको छानो बिस्थापित गरिँदै

चितवन। चितवनमा संघीय सरकारले पनि खरको छानो बिस्थापित गर्ने योजना बनाएको छ । स्थानिय तहहरुले गत बर्ष देखि यो कार्यक्रम सुरु गरे पनि संघीय सरकारले आगामी बर्षका लागि यो कार्यक्रम लागू गर्दै छ ।

जिल्लाको निर्वाचन क्षेत्र नम्वर १ मा ८ सय घरधुरीमा खरको छानो बिस्थापित गरि जस्ता लगाउने योजना रहेको पुर्ब अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

बिपन्न परिवारलाई लक्षित गरि शहरी बिकास मन्त्रालयबाट कार्यक्रम पारिएको सांसद पाण्डेले बताए । पाण्डेका अनुसार राप्ती नगरपालिका का ३६८ घरधुरी, खैरहनी नगरपालिकाका २१६ घरधुरी र रत्ननगर नगरपालिकाका २१६ घरधुरीमा फुस्को छाना हटाएर जस्ता लगाईनेछ ।

आर्थिक बर्ष २०७७/०७८ का लागि परेको यस कार्यक्रमका लागि प्रति घर ५० हजार सरकारले उपलब्ध गराउने पाण्डेले जानकारी दिए ।

क्षेत्र नम्बर एक अन्तर्गत पर्ने राप्ती,खैरहनी र रत्ननगर नगरपालिकाले पनि आगामी आर्थिक बर्षमा यो कार्यक्रम समाबेश गरेका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *