जब सर्पले सर्पलाई निल्यो…

छतरपुर । भारतको मध्यप्रदेशको खजुराहोको शिल्पग्राममा एक सर्पले अर्को सर्पलाई निलेको छ ।

सर्पले सर्पलाई निल्नुअघि दुवै सर्पबिच दुई घण्टासम्म संघर्ष चलेको थियो । सानो सर्पले कयौँ पटक ठुलो सर्पको मुखबाट फुत्केर भाग्ने प्रयास गरेको थियो । अन्तिममा उसले हार मान्यो । मानिसहरु सबै घटना नियालेर भिडियो बनाउनतिर लागे । कसैले पनि छुटाउने प्रयास नगरेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले उल्लेख गरेको छ ।

एक कालो नाग र अर्को सर्पबिच धेरैबेर कुस्ती चलेको थियो । उनीहरु लडाईँ गरिरहेका थिए । एकको लम्बाई ६ फिट र अर्कोको लम्बाई ५ फिट थियो । करिब २ घण्टाको लडाईँपछि ठुललो सर्पले सानो सर्पको मुख निल्यो । करिब १० मिनेटपछि सानो सर्प फुत्किएर भाग्न खोज्यो । तर ठुलो सर्पले पिछा गरेर दोस्रो पटक समात्यो र निल्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *