विश्व विद्यालय अनुदान आयोगले सामुदायिक क्याम्पसहरुलाई ४७ करोड राहत दिने

काठमाडौँ । विश्व विद्यालय अनुदान आयोगले सामुदायिक क्याम्पसहरुको लागि ४७ करोडको राहत प्याकेज घोषणा गरेको छ । विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा.भिम प्रसाद सुवेदीले कोभिड १९ का कारण समस्यामा परेका सामुदायिक क्याम्पसको उद्धारका लागि रु ४७ करोड राहत प्याकेज उपलब्ध गराउने बताए ।

काठमाडौा शिक्षा क्याम्पस प्रमुख एवम् नेपाल पब्लिक क्याम्पस संघका पूर्व उपाध्यक्ष शत्रुघन प्रसाद गुप्ताको नेतृत्वमा काठमाडौका सामुदायिक क्याम्पस प्रमुख, सञ्चालक समितिका सदस्य र पब्लिक क्याम्पस प्राध्यापक सङ्घका संयुक्त प्रतिनिधि मण्डल समक्ष उक्त प्याकेज प्रस्तुत गरिएको हो ।

उक्त अवसरमा प्रतिनिधिमण्डलले वर्तमान समयमा सामुदायिक क्याम्पस र क्याम्पसमा कार्यरत शिक्षक कर्मचारीका समस्याको दिर्घकालिन समाधानका लागि १५ बुँदे संयुक्त स्मरण पत्र पनि वुझाएको थियो ।

उक्त प्रतिनिधि मण्डलमा काठमाडौँ शिक्षा क्याम्पसका क्याम्पस प्रमुख शत्रुघन प्रसाद गुप्ता, सञ्चालक समितिका सदस्य राजेन्द्र विक्रम बांनिया, प्राध्यापक संङ्घका सभापति वसन्त कुमार वराल, बानेश्वर क्याम्पसका क्याम्पस प्रमुख डा. घमान सिंह खड्का, पशुपती वहुमुखी क्याम्पसका स.क्याम्पस प्रमुख चन्द्र प्रसाद पन्त, ग्रामीण आदर्श वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुख सन्तोष पण्डीत, डिल्लीवजार कन्या क्याम्पसका क्याम्पस प्रमुख अपराजिता अर्याल लगायत प्राध्यापक प्रतिनिधिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *