विहार र उत्तर प्रदेशमा चट्याङ लागेर एकैदिन १०७ जनाको मृत्यु
मकालु खबर
२०७७ असार १२ गते
काठमाडौं । भारतको विहार र उत्तर प्रदेशमा चट्याङ परेर १०७ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विहारमा मात्र चट्याङ लागेर ८३ जनाको मृत्यु भएको छ भने उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको हो ।
भारतीय मौसम विभागले अझै केहि दिन मौसम यसै प्रकारको हुने भन्दै सचेत रहन चेतावनी दिएको छ । बिहारका मुख्यमन्त्री नितीश कुमारले घटनाप्रति दुख व्यक्त गर्दै चट्याङबाट मृत्यु हुनेका परिवारलाई ४–४ लाखको राहत दिने घोषणा गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र काँग्रेस नेता राहुल गान्धीले समेत घटनाप्रति दुख व्यक्त गरेका छन् ।
मकालु खबर
२०७७ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित