गण्डकी प्रदेशमा बिहानै २५ संक्रमित थपिए, संक्रमित संख्या ७९२ पुग्यो

काठमाडौं । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल, चितवन र प्रदेश क्षयरोग केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनालाई कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २१ जना, तनहुँ २ जना, स्याङजा र बागलुङका ११ जना रहेका छन् । २५ थपिएसँगै गण्डकी प्रदेशमा कुल कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

हेर्नुहोस् पूरा विवरण :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *