३ करोड नाघ्यो नेपालको जनसंख्या

काठमाडौं । नेपालको जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार नेपालको जनसंख्या ३ करोड नाघेको देखाएको हो । जसअनुसार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको छ ।

तथ्याङ्क विभागका अनुसार वेबसाइटमा राखिएको क्याल्कुलेटरमा फर्मुला राखिएको छ। जसले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको हिसाब गर्छ । सोही अनुसार उक्त जनसंख्या निस्किएको हो ।

नेपालमा प्रत्येक दश वर्षमा जनगणना हुने गरेको छ । २०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । १२ औं राष्ट्रिय जनगणना २०७८ असारमा हुँदैछ ।

विभागका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो । यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसंख्या देखाउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *