फरवार्डद्वारा मृत्यु दाबि रकम हस्तान्तरण

कञ्चनपुर । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले मृत्यु दाबि रकम वितरण गरेको छ । फरवार्डको कञ्चनपुर दोधाराचाँदनी दोधारा शाखा कार्यालयले आज महाकाली नगरपालिका वार्ड नं. १० केन्द्र नं. ३५ कि सदस्य धना देवि सुनारको परीवारलाई मृत्यु दाबि बिमा रकम हस्तान्तरण गरेको हो ।

मृतक धनादेवी सुनारको ५१ बर्षको उमेरमा मिति बैशाख १८ गते निधन भएको थियो । उनको कोरोना कोभिड १९ को लकडाउनको कारण उपचार गर्न नपाएर मृत्यु भएको थियो । उनको श्रीमान् जीत बहादुर सुनार लाई फरवार्डले मृतक परिवारकै घरदैलोमा गएर मृत्यु दावी रकम भुत्तानी गरेको जनाएको छ ।

संस्थाले मृतक बीमित परिवारलाई तीस हजार कर्जा मिनाहा गरिदिएको छ भने, बिमा बापत रू १४ हजार २ सय ३० रूपैंयाँ  र काज क्रिया खर्च स्वरुप ६ हजार गरी जम्मा २० हजार २ सय ३० रूपैंयाँ प्रदान गरेको छ ।

उक्त बिमा रकम सोहि वडाका वडाध्यक्ष नर बहादुर सुनारको हातबाट दिइएको थियो ।  रकम हस्तान्तरणमा बोल्दै वडाध्यक्ष सुनारले संस्थाले यस क्षेत्रमा निकै प्रसंशनिय काम गरेको भन्दै घर दैलो कार्यक्रम मार्फत परिवारमा वित्तिय सेवा पुर्याएको प्रति धन्यवाद दिए ।

उक्त रकमले कोरोना कोभिड १९ को बिषम परिस्थितिमा उक्त विमित परिवारलाई थोरै भएपनि दैनिक जीवनयापनमा सहयोग पुग्ने अपेक्षा छ । कार्यक्रममा दोधाराचाँदनी शाखाका शाखा प्रमुख खुशि राम चौधरीले फरवार्डले गर्ने लघुबित्त कार्यक्रमको महत्वको बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *