राष्ट्रिय वाणिज्य बैंक नेपालगञ्ज शाखाका प्रबन्धक पक्राउ

काठमाडौं । एक ऋणीले बैकलाई झुक्याएर ऋण लिएको बयान दिएपछि राष्ट्रिय वाणिज्य बैंक नेपालगञ्ज त्रिभुवन चौकका शाखा प्रबन्धक पक्राउ परेका छन् । नेपालगन्ज त्रिभुवन चोकमा रहेको राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिका–११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले राष्ट्रिय वाणिज्य बैंकलाई झुक्याएर १ करोड २५ लाख रुपैयाँ ऋण लिएको अभियोगमा २७ जेठमा पक्राउ परेका थिए ।

उनीमाथि जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा र कर तिरेको रसिदलगायतका सरकारी कागजात किर्ते गरेको आरोप छ । उनको बयान र अनुसन्धानका आधारमा बैंकका प्रबन्धक शाहीलाई पनि प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।

ऋणी जसगढमाथि मालपोत कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेको आरोप छ । जिप्रका बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले मुद्दाको अनुसन्धान गर्ने क्रममा बैंक प्रबन्धक शाहीलाई पनि पक्राउ गरिएको हो ।

उनलाई जिल्ला अदालत बाँकेबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ ।
प्रहरीले सरकारी कागजात किर्ते गरेको अभियोगमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ । बैंकिङ कसुरको मुद्दा चल्दा भने उनी बैंकका थुप्रै खालका अनुसन्धानका दायरामा आउन सक्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *