सरकारको अनुमति पछिमात्र एप्लिकेशनहरु डाउनलोड हुने व्यवस्था गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको आज बसेको बैठकले नेपाल सरकारको सूचना प्रविधि क्षेत्रको नियमक निकायले स्वीकृत गरेपछिमात्र एप्लिकेशनहरु डाउलोड गर्नमिल्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिले दिएको निर्देशन अनुसार, नेपालभित्र प्रयोग गरिने एप्स तथा सामाजिक सञ्जालहरु सुरक्षा तथा गोपनियताका र उपयोगिताका हिसाबले उपयुक्त रहेको नियमनकर्ता निकायले पुष्टि गरेपछि मात्रै डाउनलोड वा प्रयोग गर्न पाइने व्यवस्था गर्न समित नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देश गर्दछु ।

साथै समितिको यो निर्देशनअनुसार मोबाइल तथा सामाजिक सञ्जालका वेवसाइटहरु सरकारी नियकाले स्वीकृत गरेपछिमात्र नेपालमा खोल्न तथा प्रयोग गर्न पाइने व्यवस्था गर्नुपर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *