गाेर्खा फेमली किचनकाे सेवा पाेखरामा, अनलाइन र हाेम डेलिभरी सेवा पनि

पाेखरा । गोर्खा एण्ड बराह ज्वेलरी इण्डस्ट्रीज प्रा.लि.ले गोर्खा एण्ड बराह फेमिली किचन सञ्चालनमा ल्याएको छ । पोखराको मुख्य व्यापारीक स्थान न्युरोडको गोर्खा एण्ड बराह भवनको तेस्रो तलामा सञ्चालनमा आएको गोर्खा एण्ड बराह फेमिली किचन बिहिबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

बराह फेमिली किचनमा ताजा खाना तथा खाजा स्वास्थ्य सुरक्षालाई अत्यधिक ध्यानमा राख्दै घर, बैंक, सहकारी, हरेक व्यापार व्यवसायमा प्याकीङ गरी अनलाईन ईसेवा र होम डेलिभरी सेवा समेत उपलब्ध छ । गोर्खा एण्ड बराह ज्वेलरी इण्डस्ट्रीज प्रा. लि. का अध्यक्ष हरी धमलाले गोर्खा फेमली किचनमा सुपथ मुल्यमा गुणस्तरिय सेवा दिने बताए ।

बिहिबार गोर्खा फेमली किचनको उद्घाटन गर्दै प्रमुख अतिथि गोर्खा कम्युनिटि अध्यक्ष wo2 धर्मराज गुरुङले गोर्खा एण्ड फेमली किचनका सेवाहरु गुणस्तरीय तथा स्वच्छ रहने विस्वास लिएको बताए । गुरुङले बढ्दो कोरोना भाइरसको संक्रमणलाई मध्यनजर राख्दै सामाजिक तथा भौतिक दुरि कायम गरेर सेवा दिनुपर्ने समेत पनि बताए ।

गोर्खा एण्ड बराह ग्रुपका अध्यक्ष शिव लामिछानेले बराह ग्रुप अन्र्तगत विभिन्न क्षेत्रमा लगानी अभिबृद्धि गर्दै आइएको जानकारी दिँदै बराहले सञ्चालन गरेको फेमली किचनले सबैको मन जित्ने विस्वास लिएको बताए । त्यस्तै बराह ग्रुपकी जेनेरल म्यानेजर दिपिका सिंह गदालले ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न शक्ति, क्षमता र सामार्थ्यले पुगेसम्म काम गर्नुपर्नेमा जोड दिइन् । गोर्खा एण्ड बराहका बोर्ड डाइरेक्टर मेजर लक्ष्मी प्रसाद गुरुङले धरानमा फेमली किचनको व्यवसायले लकडाउनको बेला निकै सफलता प्राप्त गरेकोले पोखरामा पनि सफल हुने विश्वास लिएको बताए ।

गोर्खा एण्ड बराह ज्वेलरीका कोर सल्लाहकार समुहका मेजर प्रेम बहादुर थापा, मेजर हितमान गुरुङ, पुर्व एएसपी किशोर कुमार गुरुङ, सुबेदार मेजर देउ बहादुर गुरुङ, द गोर्खाज वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भुपाल कुवँर, गोर्खा एण्ड बराह ज्वेलरी इण्डस्ट्रीजका बोर्ड डाइरेक्टर एवं गोर्खालि रेडियोका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङ, गोर्खा एण्ड बराह ज्वेलरी इण्डस्ट्रीजका अध्यक्ष हरी धमला, गोर्खाली रेडियोका स्टेशन प्रबन्धक खिमा गुरुङ र गोर्खा एण्ड बराह परिवारको उपस्थितिमा कोरोना भाईरसको संक्रमणबाट सुरक्षित रहँन सामाजिक दुरि कायम गरि गोर्खा फेमली किचन उद्घाटन गरिएको थियो।

बराह फेमिली किचन धरानमा सफलतापछि पोखरामा सुरु गरिएको हो । अर्डर गरेको बढीमा ४५ मिनेटमा पोखरा भरी घर तथा कार्यालय र व्यवसायिक प्रतिष्ठानमा विभिन्न परिकारहरु डेलिभरी गरिने व्यवस्थापन पक्षले जनाएको छ । गोर्खा किचनका जुनसुकै प्रकारका परिकारहरु फोन, इन्स्टाग्राम, फेसबूक पेजबाट अर्डर गर्न सकिनेछ भने पेमेन्ट गर्न ईसेवा, अईएमई पे, फोन पे, मोबाइल बैंकिङ र नगद प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *