नेकपा स्थायी कमिटी बैठक आज पनिः सीमा विवादले प्राथमिकता पायो, एमसीसी अन्तिममा !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

बैठक बुधबार सुरु भएको हो । यद्यपि, दोस्रो दिनको बैठक शुक्रबार बसेको हो । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि त्यसको विरोध भएको थियो । बैठकमा सीमा समस्याबारे सदस्यहरुले धारणा राख्नेक्रम जारी । शुक्रबारको बैठकमा १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा सीमाका विषयमा बाँकी सदस्यहरूले धारणा राखेपछि कोभिड-१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले गरेको काम, सरकारको समग्र कामको समिक्षा लगायतका विषयमा छलफल केन्द्रित हुने सदस्यहरूले बताएका छन् ।

स्थायी कमिटीको बैठकमा कुन-कुन विषयमा छलफल गर्ने भन्ने कार्यसूची नै बनाइएको छ । सो कार्यसूचीमा नै रहेर हिजोदेखि सदस्यहरूले बोल्ने क्रम शुरू भएको हो । कार्यसूचीमा एमसीसी परियोजनाको छलफललाई भने अन्तिमतिर राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *