भरतपुर अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु
मकालु खबर
२०७७ असार १३ गते
चितवन । कोरोना संक्रमित एक जनाको चितवनमा उपचारका क्रममा शनिबार मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० बर्षिय पुरुषको विहान ७ बजे भरतपुर अस्पतालको आइसियू कक्षमा मृत्यु भएको हो ।
उनी फोक्सोको क्यान्सरका विरामी थिए । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेशन वार्ड बाट आइसियूमा सारिएको थियो । चितवनमा मेडिकल कलेजमा उपचाररत उनलाई बिहिबार राती कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो । यसअघि भरतपुर महानगरपालिका ११ का कोरोना संक्रमितको मृत्यु भएको थियो ।
मकालु खबर
२०७७ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित