एक किलो सलहको २० रुपैयाँ !

काठमाडौँ । प्रदेश नं ५ को सरकारले एक किलो सलहको २० रुपैयाँ दिने निर्णय गरेको छ । सलह किरा नेपाल भित्रिएसँगै धानबालि लगायतमा क्षति पुर्‍याउन थाले पछि प्रदेश ५ सरकारले उक्त सलह किरा जम्मा गरेर ल्याउनेलाई किलोको २० रुपैयाँका दरले नगद दिने घोषणा गरेको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीले सलह किराले क्षति गर्न थालेपछि क्षति कम गर्ने एउटा उपाय भएकोले यस्तो घोषणा गरिएको बताए । उनले भने,‘सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा सङ्कलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेका हौँ, सलह किरा जम्मा गरेर ल्याउनेलाई वडा कार्यालयहरूले तत्काल नगद दिने छन् ।’

यस्तै मन्त्रालयले मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न समेत अनुरोध गरेको छ ।

भूमि व्यवस्थामन्त्री आरती पौडेलले भनिन्, ‘अहिले जताततै खेत रोपाई गर्ने मौसम छ, सलहले धानको बीउ नष्ट गर्‍यो भने रोपाई नै हुन सक्दैन, सबै किसानलाई धानको बीउ सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले राम्ररी ढाकेर राख्न मन्त्रालय अपिल गर्दछ, सरकारले एक्लै केही गर्न सक्दैन, यसमा किसानले सावधानी अपनाउनुपर्ने हुन्छ ।’

सलह किरा आज मात्रै नेपाल प्रवेश गरेको छ । उक्त किरा भारत हुँदै नेपाल प्रवेश गरेको हो । नेपालका विभिन्न जिल्लामा पुगिसकेको बताइएको छ । सलह किराका कारण सन् २०२० को फेब्रुअरीमा पाकिस्तानमा राष्ट्रव्यापी सङ्कटकाल घोषणा गरिएको थियो भने । भारतमा मे महिनामा प्रवेश गरेको सलहले ५० हजार हेक्टरमा लगाएको बालिनै नष्ट गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *