पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्य बृद्धि

इस्लामाबाद । पाकिस्तानको सरकारले सवै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नयाँ मूल्यमा पुरानो मूल्यको भन्दा झण्डै २६ रुपैया बृद्धि भएको पाइएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर एक सय पाकिस्तानी रुपैया र दश पैसा पुगेको छ । यसअघि त्यसको मूल्य ७४।५२ पाकिस्तानी रुपैया रहेको थियो ।

विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बृद्धिका आधारमा पाकिस्तानमा पनि बृद्धि गरिएको वित्त विभागले शुक्रबार जानकारी दिएको छ । डिजेलको मूल्य २१ रुपैया ३१ पैसा बृद्धि भएर १०१ रुपैया २६ पैसा पुगेको विभागद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

त्यसैगरी मट्टितेलको मूल्य पनि ५९ रुपैया ६ पैसा भएको छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *