अघिल्लो दिन बेपत्ता भएका ३ बालिकाको शव कारमूनि भेटियो !

रोपड । भारतको रोपड जिल्लाको कस्बा चमकौर साहिबमा शनिबार एक कारबाट तीन बालिकाको शव फेला परेका छन् ।

ती परिवारका ती बालिका शुक्रबारदेखि बेपत्ता थिए । प्रहरीका अनुसार उनीहरुको मृत्यु स्वास रोकिएर भएको छ । स्थानीय मानिसहरुले भने कारको झ्याल खुुल्ला भएको अवस्थामा कसरी मृत्यु हुन सक्ने भन्दै प्रश्न गरेका छन् ।

उनीहरुको हत्या भएको आशंका गरिएको छ । बहरहाल प्रहरीले तीनै बालिकाको शव पोष्टमार्टमका लागिग पठाएको छ । रिपोर्र्ट पश्चात घटनाको पर्दाफास हुनेछ ।

यी प्रवासी मजदूर पछिल्लो ३ वर्षदेखि त्यहाँको भूरडे इलाकामा बस्दै आएका छन् । एसपी–डी राजिन्दर सिंहका अनुसार २६ जूनमा खेल्न गएका तीन बच्चा घरैबाट हराएका थिए । आमा–बाबु र छिमेकीले खोज्ने प्रयास गरे तर फेला परेनन् । सिसिटिभी क्यामेरा पनि हेरिएको थियो तर केही पत्ता लाग्न सकेन । त्यसपछि प्रहरी चौकीमा रिपोर्ट दर्ता गराएका थिए ।

शनिबार साँझ छिमेकमा रहेको रातो रंगको कारमा छिंगा भन्किरहेको थियो । दुर्गन्ध पनि आइरहेको थियो । कारको ढोका पनि खुला थियो र त्यहाँभित्र तीनै जना बच्चाको शव फेला परेको थियो । एक शव अगाडीको सिटमा थियो भने २ बच्चाको शव पछाडी सिटमा फेला परेकाे दैनिक भास्करले जनाएकाे छ ।

प्रहरीका अनुसार उक्त कार छिमेकी भगत रामको हो । अहिले उनीसँग सोधपुछ गरिँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *