‘केवल अंकिता नै थिइन्, जो सुशान्तलाई बचाउन सक्थिन् !’

काठमाडौं । निर्माता सन्दीप सिंहले उनका दिवंगत मित्र सुशान्त सिंह राजपूत र उनकी प्रेमिका अंकिता लोखण्डेको सम्बन्धबारे नयाँ खुलासा गरेका छन् । सन्दिपले एक अन्तर्वार्ता सेयर गरेका छन् । जस अनुसार रिलेशनसिपमा रहँदा अंकिता सुशान्तमा समर्पित थिइन् । उनले सुुशान्तको स्वर्गीय आमाको स्थान लिइसकेकी थिइन् ।

सन्दीपका अनुसार उनलाई रिया चक्रवर्ती र सुशान्तको विवाहको बारेमा कुनै जानकारी थिएन । सन्दीपले एक अन्तर्वार्तामा भनेका छन्, ‘अंकिता केवल उनको प्रेमिका मात्रै थिइनन् । उनले सुशान्तको आमाको शुन्य स्थान ओगटिसकेकी छिन् । इन्ड्रष्टिको २० वर्षकको यात्रामा मैले अंकिताजस्तो कुनै केटी देखेको थिइनँ । उनी सुशान्तको यति ख्याल राख्थिन् कि कसैले–कसैको त्यस्तो ख्याल नै राख्दैन । केवल उनै थिइन्, जो सुशान्तलाई बचाउन सक्थिन् ।’

अंकिता सुशान्तलाई मन पर्ने काम मात्रै गर्थिन् । उनी सुशान्तको रोजाइँ अनुसार नै तयार हुन्थिन् । उनी जे खाना बनाउँथिन्, त्यो पनि सुशान्तकै रोजाइँको हुन्थ्यो । ‘म प्रार्थना गर्छु कि हरकोहीलाई अंकिता जस्तो प्रेमिका मिलोस्’, सन्दीपले भनेका छन् ।

सन्दीपका अनुसार अंकिता सुशान्तका लागि आफ्नो करिअर छोड्न पनि तयार थिइन् । ‘अंकिता निकै भावुक छिन् । उनलाई पनि फिल्ममा अफर आइरहेको थियो तर उनी सुशान्तका लागि आफ्नो करिअर छोड्न समेत तयार थिइन् । ब्रेकअप भइसक्दा पनि हरेक शुक्रबार अंकिता प्रार्थना गर्थिन् कि उसको फिल्म सफल होस् र ऊ खुशी रहोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *