युवा मैत्री स्थानीय तहमा खैरहनी उत्कृष्ट,५ लाख पुरस्कार प्राप्त

चितवन । चितवनको खैरहनी नगरपालिका युवामैत्री स्थानीय तहमा उत्कृष्ट घोषित भएको छ । राष्ट्रिय युवा परिषद्ले बागमती प्रदेशबाट खैरहनी नगरपालिकालाई युवामैत्री स्थानीय तहमा उत्कृष्ट घोषित गरेको हो ।

युवामैत्री स्थानीय तह प्रोत्साहन कार्यक्रम अन्तर्गत युवामैत्री स्थानीय तह विकासका लागि प्रोत्साहन कार्यविधि २०७६ अनुसार खैरहनी नगरपालिका बागमती प्रदेशबाट उत्कृष्ट भई पुरस्कृत भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । उत्कृष्ट भएसँगै खैरहनीले ५ लाख रुपैयाँ पुरस्कार समेत पाएको छ ।

सो पुरस्कार रकम युवा लक्षित कार्यक्रमका लागि खर्च गर्नु पर्ने राष्ट्रिय युवा परिषद्ले जनाएको छ । युवा परिषद्ले जारी गरेको सूचनाको म्याद भित्र सूचकहरूमा आधारित रही स्व मूल्याङ्कन फारम तथा विवरण पेस गरेका पालिकाहरू मध्ये प्रत्येक प्रदेशबाट उच्चतम अङ्क प्राप्त गर्नेमा खैरेनी परेको हो । मूल्याङ्कन समितिको ज्येष्ठ ३० गते गरेको सिफारिस तथा आइतबार परिषद् कार्यकारी उपाध्यक्ष स्तरीय निर्णयबाट खैरेनीलाई छनौट गरेको हो ।

खैरेनी नगरपालिका प्रमुख लालमणि चौधरीले बागमती प्रदेशमा खैरहनी युवामैत्री नगर घोषित हुनुमा सम्पूर्ण नगरवासीको साथ र सहयोग रहेको भन्दै नगरका लागि ऐतिहासिक उपलब्धि प्राप्त गरेको प्रतिक्रिया दिए । प्रमुख चौधरीका अनुसार नगरको प्रत्येक वडामा वडास्तरीय युवा क्लब गठन, नगरस्तरी युवा सञ्जाल गठन पश्चात् युवा लक्षित कार्यक्रम, उनीहरूलाई परिचालन लगायतले उत्कृष्ट भएको दाबी गरे ।

आगामी आर्थिक वर्षमा पनि खैरहनीले युवा लक्षित थुप्रै कार्यक्रम समावेश गरेको प्रमुख चौधरीको भनाई छ । प्रदेश १ बाट उदयपुरको चौदण्डीगढी नगरपालिका, प्रदेश २ बाट महोत्तरीको बर्दिबास नगरपालिका, गण्डकी प्रदेशबाट कास्कीको रुपा गाउँपालिका, प्रदेश ५ बाट दाङको तुलसीपुर उपमहानगरपालिका, कर्णाली प्रदेशबाट दैलेखको महाँवु गाउँपालिका र सुदूरपश्चिम प्रदेशबाट कञ्चनपुरको बेलौरी नगरपालिका पनि उत्कृष्ट पालिकाको रूपमा छनौट भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *